२२ साउन २०७६, काठमाडौँ
नायिका स्वेता खड्काले केहीदिन अघिमात्र आफ्नो नयाँ कफि सप खोलेकी थिइन् । उनको कफि सपमा कफि खान नायिकाहरु मात्र नभएर चर्चित माता सबिता शरु शर्मा आचार्य पनि पुगेकी थिइन् । त्यहाँ गएर माताले स्वेताको जीवनबारे धेरै कुरा बताएकी छिन् ।
माताका अनुसार स्वेताले अहिले विवाह गर्नु उचित छैन । अबको ४(५ वर्षपछि मात्र विवाह गर्दा राम्रो हुने र उनले सोचे जस्तो जीवनसाथि पाउने देखेको र राम्रो हुने भविश्यवाणी गरेकी छिन । माताको अनुसार स्वेताले जे छोयो त्यहि सुन हुने पनि उल्लेख गर्नुभयो भने स्वेताले पनि मातालाइ भगवान सरह मान्दै माताले भनेको कुराहरु सधै मानेको र वहाको आशिर्वाद सधै लिने गरेको बताईन ।
स्वेताले माताले दिनुभएको सल्लाह अनुसार नै काम गर्ने बताएकी छिन् । उनलाई यी सब कुरामा विश्वास छ । स्वेता अब चाडैँ नै आफ्नो नयाँ फिल्मको प्रोजेक्ट लिएर आउँदै छिन् । यसबाहेक उनी माझी बस्ती निर्माणमा पनि सक्रिय छिन् ।