२२ साउन २०७६, काठमाडौँ
परिणीति चोपडालाई बलिउडमा राम्रो सम्भावना बोकेकी नायिकाको रुपमा हेरिने गरिएको छ । तर अहिलेसम्म उनले आफूलाई उत्कृष्ट भने साबित गर्न सकेकी छैनन् । यतिबेला परिणिती आफ्नो नयाँ चलचित्रको प्रमोशनमा व्यस्त छिन् ।
यस्तै परिणीतिले २०१४, १५ को समय आफ्नो लागि निकै खराब भएको बताइन् । किनकी त्यससमय उनको २ चलचित्र प्रदर्शनमा आएका थिए र दुवै चलचित्र सुपर फ्लप भए । यस्तै त्यसै समय परिणीतिको ब्रेकअप पनि भएको थियो ।
जसका कारण उनी डिप्रेशनमा समेत पुगेकी थिइन् । त्यससमय उनको साथमा न पैसा थियो न साहारा दिनको लागि कसैको हात नै । जसका कारण उनी मर्ने मनस्थितिमा पुगेकी थिइन् । तर त्यसपछिका दिनहरुमा भने उनले सफलता पाउँदै गइन् ।