२२ साउन २०७६, काठमाडौँ
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको हातमा हतकडी लागेको छ । यो कुरा थाहा पाएपछि उनका फ्यानलाई ठूलो धक्का लागेको छ । अहिले सोनाक्षीको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।
जहाँ प्रहरीले सोनाक्षीलाई हतकडी लगाउँदा उनले मैले कुनै गल्ती गरेको छैन, मलाई बिना गल्ती पक्राउ गर्न पाइदैन भनेकी छिन् । सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ । तपाईंलाई थाहा छ म को हुँ रु मैले केही गरेको छैन, म निर्दोष छु ।’
सोनाक्षीको यो भिडियो सोसल मिडियामा भाइरल भएपछि उनले स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा एउटा स्टोरी सेयर गरेकी छिन् जसमा उनले लेखेकी छिन्, ‘मलाई थाहा छ कि केही भिडियो भाइरल भइरहेका छन् । भिडियोमा देखिएकी महिला म नै हुँ तर यो नै पूर्ण सत्य होइन । म चाँडै नै तपाईंहरुमाझ विस्तृत जानकारी साझा गर्छु ।’