श्रममन्त्री विष्टद्वारा सचिवसँग कार्य सम्पादन सम्झौता



२२ साउन २०७६, काठमाडौं

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दाहालसँग कार्य सम्पादन सम्झौता गरेका छन्।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन्।

त्यस्तै सचिव दाहालले पनि मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेका थिए।

यसैगरी सहसचिवहरुले आ–आफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समयसीमाभित्रै हासिल गर्न चाल्नुपर्ने कदम र निर्धारित कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गरेका थिए।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रममन्त्री विष्टलगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्