२२ साउन २०७६, काठमाडौँ
विपिन कार्की अहिलेका सर्वाधिक लोकप्रिय कलाकार हुन् । उनी एकपछि अर्को चलचित्रमा निकै व्यस्त छन् । विपिनको अभिनयको दर्शकले खुलेर तारिफ गर्ने गरेका छन् । विपिन यो क्षेत्रमा आफूलाई स्थापित गर्न सौगात मल्लको ठूलो हात रहेको बताउँदै आएका छन् ।
विपिनले सौगातलाई दाई भनेर सम्बोधन गर्ने गरेका छन् । उनले सौगात दाइबाट आफूले धेरै कुरा सिक्ने मौका पाएको पनि बताउँदै आएका छन् । यस्तै विपिनले सौगातसँग आफूलाई झगडा गर्ने रहर भएको बताएका छन् ।
उनले चलचित्रको पर्दामा सौगात र आफ्नो लडाई भएको हेर्ने चाहना भएको बताए । उनले झगडा पर्दा जित कसैको नभई झगडा बराबर भए राम्रो हुने समेत बताएका छन् । विपिनको यो इच्छा पुरा हुने वा होइन त्यो भने थाहा छैन ।