दैनिक टमाटरको जुस खानाले सजिलै घटाउन सकिन्छ तौल, घरमै यसरी बनाउनुस् टमाटरको जुस



२४ साउन २०७६, काठमाडौँ

निकै मोटो शरीर कसैलाई पनि मन पर्दैन । हामी सबैलाई आफ्नो शरीर सुहाउँदो भएको नै मनपर्छ । अनावश्यक लागेको वजनलाई घटाउन हामीले विभिन्न औषधीहरु पनि प्रयो गरिरहेका हुन्छौँ । तर त्यसले हाम्रो स्वास्थ्यमा भने असर गरिरहेको हुन्छ ।

धेरैलाई थाहा छैन होला तर टमाटरको जुस खानाले पनि तौल घटाउन सकिन्छ । टमाटारको जुस भन्ने बित्तिकै धेरैको मुख बिग्रन सक्छ होला तर यो  स्वास्थ्यको लागि भने निकै फाइदाजनक नै छ । हामीले टमाटरको जुस घरमा सजिलै बनाउन सक्छौँ । टमाटरमो जुस घरमै यसरी बनाउन सकिन्छ–

१. सुरुमा २ वटा पाकेको टमाटर तयार पार्ने र त्यसमा २ चम्चा मरिच र २ चम्चा मह तयार पार्ने

२. टमाटरलाई मच्चाले पिस्ने र त्यसबाट रस निकाल्ने,

३. त्यसपछि मरिचलाई पनि मसिनो गरी पिस्ने र टमाटरको रस र मरिचलाई मज्जाले फिट्ने

४.फिटेको मरिचको धुलो र टमाटरको रसमा अघि तयार पारेको २ चम्चा मह हाल्ने त्यसपछि जुस तयार हुन्छ ।

यो जुस दिनदिनै खाली पेटमा खानाले तौल घटाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्