२४ साउन २०७६, काठमाडौँ
आफ्ना छोराछोरी हरेक बाबुआमाको लागि प्यारा हुन्छन् । आमाबुबा छोराछोरीको लागि जे गर्न पनि तयार हुन्छन् । तर हाम्रो समाजमा यस्ता पनि पुरुष छन् जो छोरी जन्मदाँ खुसी हुँदैनन् । छोरी जन्मदाँ असन्तुष्ट महशुस गर्ने पुरुषले कहिल्यै यो सोच्दैनन् कि उनीहरु पनि एक नारीको कोखबाट नै जन्म लिएका हुन्छन् ।
यस्तै बुधबार जुम्लामा ३५ बर्षिया पुतली महाताराले छोरीलाई जन्म दिइन् । छोरी जन्मदाँ आमा त खुसी भइन् तर उनका श्रीमान भने खुसी भएनन् । छोरी जन्मिएकाले श्रीमान बिरबहादुर बोहरा दुखी भए । उनले आफ्नी श्रीमती र भर्खरै जन्मिएकी छोरीलाई हस्पिटलमा एक्लै छोडेर घर फर्के । केही दिन त पुतली हस्पिटलमा नै बसिन् तर उनलाई सधैँ हस्पिटलमा बस्ने अनुमति पनि नभएछि अहिले उनको बिचल्ली भएको छ ।