विश्वकप छनौट : नेपाल र कुवेतबीचको होम खेल कुवेतमा नै हुने



२४ साउन २०७६, काठमाडौँ

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एशिया दोस्रो चरण छनोटअन्तर्गत नेपालले कुवेत विरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ ।

कुवेतविरुद्धको नेपालको होम खेल कुवेतमा नै खेलाउनका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले गरेको प्रस्ताव कुवेत फुटबल संघले शुक्रवार स्वीकृति दिएपछि नेपालले पहिलो खेल कुवेतमा खेल्ने पक्का भएको एन्फाले जनाएको छ । नेपाल र कुवेतबीचको होम खेल आगामी भदौ १९ गते हुने भएको छ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको पुनर्निर्माण कार्यसम्पन्न नहुँदा नेपालले आफ्नो होम खेल कुवेतकै मैदानमा खेल्न लागेको हो ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा कुवेत, चाइनिज ताइपे, जोर्डन र अस्ट्रेलिया, रहेका छन् । नेपालले चाइनिज ताइपेसँग अवे खेल भदौ २४ गते खेल्नेछ भने होम खेल चैत १२ गते दशरथ रंगशालामा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्