३ सय केजी तौल भएकी यी महिला ४ बर्षको कडा मेहेनतपछि भइन् ८६ केजी, यसरी घटाइन् तौल



२४ साउन २०७६, काठमाडौँ

भारतमा बस्दै आएकी अमिता राजानीले ४ बर्षको कडा मेहेनत गरेर ३०० किलो आफ्नो तौललाई घटाएर ८६ किलोमा झारेकी छिन् । उनको लागि यो निकै ठूलो सफलता हो । मोटो हुँदा महिलाहरुलाई निकै तनाव हुने गर्छ ।

हुन पनि मोटो शरीर कसलाई पो मनपर्छ र । तर यी ४२ बर्षे महिलाले भने आफ्नो शरीर घटाएर छोड्छु भन्ने सोच लिएर त्यतिधेरै तौल घटाएकी छिन् । जन्मदाँ अमिता मात्र ३ केजीकी थिइन् । तर समयसँगै उनको तौल बढ्दै गयो र उनी १६ बर्षकी हुँदा १२६ किलोको भइन् । आफ्नो तौल बढेको देखेर अमिता आफै छक्क परेकी थिइन् ।

उनले मोटोपन घटाउनको लागि शरीरको २ ठाउँको सर्जरी गरेकी छिन् । त्यसबाहेक निरन्तर व्यायाम गर्ने गरेकाले पनि उनले आफ्नो तौल घटाउन सफल भइन् ।

प्रतिक्रिया दिनुहोस्