२५ साउन २०७६, काठमाडौँ
मकवानपुरगढी गाउँपालिकाले नयाँ नियम लागू गरेको छ । गाउँमा कसैको विवाह भएमा बाजागाजासहित ५१ जनाभन्दा बढी जन्ती आउन नपाइने नियम गाँउपालिकाले तयार गरेको छ । त्यस्तै विवाह गर्दा दाइजो लिनदिन नहुने, विवाहमा आमन्त्रण गरिएका पाहुनाले जिन्सी उपहार वा नगद दिन नहुने नियम पनि बनाइएको छ ।
त्यतिमात्र नभएर न्वारन, वर्तबन्ध, पास्नी जस्ता कार्य भएमा पनि २५ जनाभन्दा बढी आमन्त्रण गर्न नपाइने ऐनमा उल्लेख छ । यस्ता नियम लागू भएदेखि गाउँको व्यवस्थापन राम्रोसँग भैरहेको छ । यो एक हिसाबले राम्रो पनि हो । यदि यो नियम कसैले लागू नगरेमा उसलाई कारवाही हुने कुरा पनि ऐनमा उल्लेख गरिएको छ ।