२५ साउन २०७६, काठमाडौँ
पैसाको अभाव झेल्न नसकेपछि आमाले आफ्नी छोरीको हत्या गरेर आफू पनि आत्महत्या गरेकी छिन् । मराठी सिरियलकी अभिनेत्री समेत रहेकी प्रदन्याले यस्तो गरेपछि अहिले सबै अचम्ममा परेका छन् ।
प्रदन्याले पहिले छोरीको घाँटी थिचेर उनको हत्या गरिदिइन् र पछि आफू पनि झुण्डिएर संसारबाट बिदा भइन् प्रदन्याको घरबाट एउटा सुसाइड नोट बरामद भएको छ जसमा अभिनेत्रीले स्वयं यो कुरा कबुल गरेकी छिन् ।
प्रदन्या ४० वर्षकी थिइन् र उनकी छोरी श्रुती १७ वर्षकी थिइन् । श्रुती मुम्बइको ठाणेमा पढ्थिन् । प्रदन्याले यो सब गरेका बेला उनका पति जिम्मा भएको बताइएको छ । शुक्रबार बिहान जब उनका पति जिमबाट फर्के, लामो समयसम्म ढोका ढक्ढक्याइरहे । जब कसैले ढोका खोलेनन्, उनले ढोका फुटाए । त्यसपछि पूरा घटना थाहा भयो ।