२६ साउन २०७६, काठमाडौँ
द्रोना कुमारी बिक केही समय अघि काठमाडौँ आएकी हुन् । श्रीमानले दिएको यातना सहन नसकेर द्रोना ४ बर्षिया छोरीको भविष्य खोज्दै काठमाडौँ आएकी हुन् । उनलाई भाग्यले पनि साथ दिएको नै हो, काठमाडौँ छिर्ने बित्तिकै उनले गायिका कविता लामालाई भेटिन् ।
द्रोनाले कलंकीमा कवितालाई भेटेकी थिइन् । द्रोनाको बिजोग देख्न नसकेर कवितालाई उनलाई आफैसँग लिएर गइन् । कविताको एक होटल पनि छ । अहिले द्रोना त्यहि होटलमा काम गरेर बसेकी छिन् । उनले आफू त जसोतसो बाँच्न सक्ने तर छोरीको खुसीको लागि आफूले काम गरिरहेको बताएकी छिन् ।