छवि र शिल्पालाई पक्राउ गर्न उच्च अदालतले दियो आदेश, कहाँ लुकेर बसेका छन् त छवि र शिल्पा ?



२६ साउन २०७६, काठमाडौँ

हेमा ओझाले छवि र शिल्पा विरुद्ध उजुरी हालेपछि केहीसमय अघि जिल्ला अदालतले दुवैलाई पक्राउ गर्ने आदेश दिएको थियो । तर उनीहरु अहिलेसम्म पक्राउ परेका छैनन् । यसैबिच केहीदिन अघिमात्र शिल्पाले आफूलाई पक्राउ नगर्नको लागि निवेदन पेस गरेकी थिइन् ।

यो कुरा अहिले उच्च अदालतसम्म पुगिसकेको छ । उच्च अदालतले नै छवि र शिल्पालाई पक्राउ गर्न आदेश दिइसकेको छ ।

शिल्पा पोखरेलले पक्राउ पुर्जी खारेज गराउन उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएकी थिइन् । अदालतले पक्राउ पुर्जी खारेज गर्न नमिल्ने बताएको छ । न्यायाधीशद्वय रमेश प्रसाद राजभण्डारी र सरला कुमारी पाण्डेको संयुक्त इजलासले सो आदेश दिएको हो । शिल्पाको तर्फबाट वरिष्ठ अधिवक्ता रमेश प्रसाद गुरागाईँ र अधिवक्ता मनोद यादवले बहस गरेका थिए भने हेमा ओझाको तर्फबाट अधिवक्ताहरु स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए । छवीको तर्फबाट भने कसैले बहस गरेका थिएनन् ।

अदालतले पक्राउ पुर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पुर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुन विरुद्ध भएको भन्दै पक्राउ पुर्जी जारी नै रहने आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्