२६ साउन २०७६, काठमाडौँ
नम्रता श्रेष्ठ आफ्नो विगत सम्झन चाहन्नन् । उनले जीवनमा जतिपनि काम गरेकी छिन्, आफ्नो खुसीको लागि नै गरेकी छिन् । उनले जस्तोसुकै अवस्थामा पनि हिम्मत भने हारिनन् । जसका कारण आज उनी यो स्थानसम्म छिन् ।
तर कुनै समयमा नम्रता आफैलाई मार्ने सोचमा पुगेकी थिइन् । सबैतिरबाट समस्या आएपछि उनको मनमा आत्महत्या गर्ने ख्याल समेत आएको थियो । तर उनले आफूलाई बलियो बनाइन् र समस्याको समाधान गरिन् ।
उनी कुनैसमयमा डिप्रेशनमा गएकी थिइन् । जसका कारण उनको मनमा आत्महत्याको सोच आएको थियो । तर नम्रता त्यस समय त्यो सोच आउनु नै गलत भएको बताउँछिन् । अहिले उनी चलचित्र जाइरा को प्रमोशनमा व्यस्त छिन् ।