सुष्मा स्वराजको सम्झनामा भुटानका राजाद्वारा प्रर्थनासभा आयोजना, सम्झनामा हजार दियो बालियो



२७ साउन २०७६, काठमाडौं

भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजलाई श्रद्धान्जली दिदैं भूटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले एक मठमा प्रर्थनासभा आयोजना गरेका छन् ।

विहिबार भएको सभामा सुष्माको तस्वीरको अघि घ्यूको हजार दियो जलाइएको थियो । राजा जिग्मेले भारतीय सरकार र सुष्माको परिवारलाई शोक सन्देश पनि पठाएका छन् ।

सुष्माको निधन अगस्ट ७ को रात दिल्लीमा भएको थियो । भूटानका राजाले सुष्मा विदेश मन्त्री हुदाँ भारतको यात्रा थिए । उनीसँग परिवारका सदस्य पनि थिए । यस भ्रमणमा भूटानका राजा र राजकुमारसँगको सुष्माका केही तस्विर समाजिक संजालमा भाइरल भएको थियो ।

भूटानका प्रधानमन्त्री लोटे छिरिङले सुष्माको मृत्युमा छुट्टै शोक सन्देश जारी गरेका छन् । त्यसमा भनिएको छ ,‘ सुष्माको निधन भाजपाको लागि मात्र होइन, सम्पूर्ण भारतको लागि ठूलो क्षति हो । उनले दुवै देशको सम्बन्धलाई अघि बढाउन उलेखनीय भूमिका निभाईन् । उनी हाम्रो असल मित्रजस्तै थिइन् । ’

संयुक्त राष्ट्र संघका ५० देशका राजनेताद्वारा सुष्माप्रति श्रद्धान्जली
उता, संयुक्त राष्ट्र संघमा संलग्न ५० देशका राजनेताले भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वाजको निधनमा श्रद्धान्जली व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्र संघमा भारतका राजदूत तथा स्थायी प्रतिनिधि सैयद अकबरुद्दिनले शनिबार ट्विटरमा एउटा भिडियो पोष्ट गरेका छन् जसमा विभिन्न देशका राजनीतिज्ञले सुष्मालाई व्यक्त गरेको सन्देश देखाइएको छ ।

यीनमा देशमा जर्मनी, घाना, इटाली, क्यूबा, अफगानिस्तान, अस्ट्रेलिया, बंग्लादेश, नेपाल, रुस, यूएई, माल्दिभ्स, न्यूजिल्याण्ड आदी देशका राजनेताहरु सामेल छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्