श्रीकृष्णलाई बिर्सि भन्नेलाई स्वेताको कडा जवाफ, ‘उहाँलाई गर्ने मायाको मापन पत्रकारको कलमले गर्न सक्दैन’



२७ साउन २०७६, काठमाडौँ

नायिका स्वेता खड्का अहिले बेल्जियम पुगेकी छिन् । विशेष कामले उनी बेल्जियम गएकी हुन् । यस्तै केहीदिन अघिमात्र श्रीकृष्ण श्रेष्ठको निधन भएको ५ बर्ष पुरा भएको थियो । यस्तैमा केही मिडियाले आफन्तले भुलेपनि हामीले भुलेका छैनौँ भन्दै श्रीकृष्णको फोटो हालिदिएका थिए ।

यो कुराले स्वेतालाई नराम्रो धक्का लागेको छ । उनले यसैबिच बेल्जियबाट श्रीकृष्णलाई याद गर्दै निकै भावुक स्टाटस लेखेकी छिन् । यो स्टाटस विशेष ति व्यक्तिको लागि हो जसले स्वेतालाई श्रीकृष्णलाई बिर्सदै गएको बताएका थिए ।

स्वेताको स्टाटस जस्ताको तस्तै–

मैले के गुमाए र के पाएँ रु त्यसको हिसाबकिताव गर्ने हो भने यो उमेरसम्म आईपुग्दा जति पाएको छु त्यो भन्दा धेरै कुरा गुमाएको छु ।

सबैभन्दा सर्वश्रेष्ठ कुरा, मैले मेरो आत्मिय ब्यक्ती गुमाएको छु । जसको भर्पाइ कुनै धन–सम्पत्ति वा सफलताले गर्न सक्नेछैन । मेरा प्रेमी, पती, मित्र र अभिभावकको भूमिका निर्वाह गरेर मलाई सिनेमाको जगतमा पाइला चाल्न सिकाउने ति ब्यक्ती जसलाई मैले भौतिक रुपमा सदासदाको लागि गुमाएको मेरो जिन्दगीको सबैभन्दा कालो त्यो दिनलाई सम्झनमा भन्दा पनि बिर्सन चाहन्छु । तर कुनै न कुनै माध्यमबाट त्यो कालो दिनलाई सम्झाइदिने अनि खाटो बस्न लागेको घाउमा नुन चुक छरिदिने प्रयासहरु भई नै रहन्छन ।

श्वेता खड्काले हाँस्नु हुँदैन, श्वेता खड्का आँशुमा नै डुबेर बस्नुपर्छ भन्नेहरुको जमात पनि राम्रै देखेको छु । तर त्यो जमातलाई थाहा छैन, पिंडा दबाएर हाँस्न कति कठिन छ भनेर । उहाँले भौतिक रुपमा संसारबाट बिदा लिएको त्यो दिनमा धार्मिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै तिथी अनुसार (नकी गते अनुसार ) कर्मकाण्डको विधी पुरा गर्ने गरेका छौ । अतः यसपाली उहाँको ५ औ पुण्य तिथी आगामी २९ गते परेको छ । जनै पुर्णिमाको एक दिन अगाडि । आफ्नो आत्मिय मान्छेलाई सम्झन कुनै बिशेष अवसर वा दिन चाहिँदैन । म त उहाँलाई हरेक पल, हरेक क्षण र हरेक दिन सम्झिरहेको हुन्छु ।

धार्मिक रितिरिवाज र परम्परालाई आत्मसाथ गर्ने कुरा भने अलग रह्यो जसलाई तिथी अनुसार नै कर्मकाण्ड गर्ने प्रचलन छ । तर वास्तविक कुरा नबुझी कसैको भावनामा ठेस लाग्ने खालका समाचार बनाएर सम्प्रेशण गरिनु कहाँ सम्मको जायज हो ? चक्कु, खुकुरी तलवार र काँडाहरु भन्दा पनि तिखो धार भनेको शब्दहरु नै हुन । हतियारको धारले शरीरमा चोट पुर्याउँछ । जसको उपचार पनि सजह छ तर शब्दको धारले सिधै मन र मस्तिष्कमा चोट पुर्याउँछ, जसको उपचार कठिन छ ।

कलमको माध्यमद्वारा शब्द कोरिरहँदा त्यो शब्दले कसलाई र कुन हदसम्म प्रहार गर्छ भनेर नसोँच्नु कतिसम्मको लापर्वाही होला ! यसरी बुझ्दै नबुझी समाचार प्रकाशित गर्दा कस्को मनमा के चोट पर्छ भन्ने ख्याल नगर्नु र जस्को बारेमा समाचार बनाएको हो त्यो ब्यक्तिसंग कुनै किसिमको संवाद, छलफल वा सत्यतथ्य के हो त्यसको खोजतलास नगरी हचुवाको भरमा समाचार लेख्नुलाई कस्तो किसिमको पत्रकारिता भन्ने ? कसैको भावनासंग खेल्ने अधिकार कोही कसैलाई छैन ।

मैले मेरा स्वर्गिय पतिलाई गर्ने मायाको मापन कुनै एउटा पत्रकारको कलमले कसरी गर्न सक्छ रु जो ब्यक्ती आफ्नो मुटुमा बसेको हुन्छ त्यो ब्यक्तिलाई भुल्न चाहेर पनि भुल्न सकिँदैन । चोखो मायालाई न त भुल्न सकिन्छ न त त्याग्न नै ! मैले मेरा पतिबाट प्राप्त गरेको असिम मायालाई यो जनममा त पक्कै भुल्न सक्ने छैन किनकी हाम्रो माया अटुट छ, चोखो छ अनी निस्वार्थ छ । माया र सम्झनाको तौल हुँदैन, आकार हुँदैन अनि सिमा पनि हुँदैन ।

मेरा स्वर्गिय पतीप्रतिको मेरो प्रेम बुझ्नलाई कोमल हृदय चाहिन्छ । मायाको अर्थ बुझ्नेहरुले मात्र मेरो भावनालाई बुझ्न सक्छन । अतः मेरो मुटुमा बाँचिरहेका, मेरो ओंठमा हाँसिरहेका, मेरो हरेक पाइलाहरुमा छाया बनेर मसंगै हिंडिरहेका अनि मेरा हरेक सफलताहरुमा रमाइरहेका मेरो जीवनसाथी अझै पनि मेरो मन र मस्तिस्कमा जिवितै छन् र सदा सदा जिवित रहनेछन । माया र प्रेमलाई औपचारिकताको माध्यमबाटै सबै सामु दर्शाउनुपर्छ भन्ने सोचलाई म कदापी मान्दिन । प्रेमका बनावटी शब्दहरु कोरेर कृतिम आत्मियता दर्शाउनेहरुले यदि श्रीदादालाई साँच्चिकै माया गर्छन् भने उनै दादाको नाममा बनिरहेको माझी बस्तीमा जाउन र आफूले सकेको सहयोग गरेर उहाँप्रती सच्चा श्रद्दान्जली दिउँन । हैन भने मनगढन्ते कथा रचेर कसैको प्रेम, भावना र विश्वासमाथि खेल्ने अधिकार कोही कसैलाई पनि छैन ।

यतिखेर म मेरो स्वर्गिय पतीको सम्झनामा स्थापित श्वेताश्री फाउण्डेसन मार्फत बनिरहेको माझी बस्तिको लागि आर्थिक स्रोत जुटाउन बेल्जियम आईपुगेको छु । तर मेरो अनुपस्थितिमा केही अनलाईन मिडियामार्फत म र मेरो स्वर्गिय पतीबिचको प्रेमलाई ‘जोक’ बनाउने प्रयास गरेको पाएँ क्रिपया यस्तो घिनलाग्दो खेल नखेलिदिनुहुन म हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्