२७ साउन २०७६, काठमाडौँ
अन्ततः हेमा ओझा मिडियासामु आएकी छिन् । छवि र शिल्पाको कुराले निकै चर्चा पाइरहँदा हेमाले उनीविरुद्ध उजुरी हालेपछि यो कुरा चर्चाको शिखरमा पुगेको छ । हेमाले उजुरी दिएपनि यस विषयमा केही बोलेकी थिइनन् । तर अहिले उनी हिम्मत गरेर मिडियामा आएकी छिन् ।
हेमालाई सबैले छविले यो भन्दा अघिपनि २ पटक विवाह गरिसक्दा किन नआएर अहिले आएको भनेर प्रश्न गरिरहेका छन् । यस्तै धेरैले त छविले नै शिल्पाबाट आफ्नो सम्पत्ति बचाउन यो सब नाटक गरेको पनि बताइरहेका छन् । तर हेमाले यो सब झुट भएको बताइन् । उनले छविले यो भन्दा अघि गरेको विवाहबारे आफूलाई थाहा भएपनि आवाज उठाउनको लागि आफूसँग प्रमाण नभएका कारण यस्तो कदम उठाउन नसकेको स्पष्ट पारेकी छिन् ।
यी सब कुराहरु बताउँदै गर्दा उनी भावुक पनि भएकी थिइन् । छविले आफूलाई पनि धेरै रुवाएको उनले बताइन् । २६ बर्ष आफूले आँशुमा नै बिताएको उनले बताइन् । तर छवि र हेमाको कहिलेकाहँ भने कुरा हुने गरेको रहेछन् । छवि घर जाने गरेका पनि रहेछन् । हेमाले सुरुमा गीताञ्जलीसँगको अफेयर थाहा हुँदा नै छविलाई सम्झाउन खोजेकी थिइन् । तर छविले हेमालाई थाहा नहुने गरी गिताञ्जलीसँ सम्बन्ध अगाडी बढाएका रहेछन् ।
हेमाले सम्झाउन खोज्दा छविले यो फिल्म लाइन हो, नराम्रो नसोच भन्दै हेमालाई बेवकुफ बनाइरहेका रहेछन् । अहिलेसम्म हेमा चुप लागेर बसेको प्रमाण नभेटेर रहेछ । उनले मिडियामा शिल्पाले पनि आफ्नो बेइजत गरिरहेको बताएकी छिन् । साथै शिल्पाले छविको श्रीमतीको बारेमा थाहा थिएन भन्ने कुरा झुट बोलेको बताएकी छिन् । हेमाले आफूलाई न्याय चाहिने बताएकी छिन् ।