२७ साउन २०७६, काठमाडौँ
प्रकाश सपूत पहिलो पटक आफ्नो सब परिवार सहित होलिडे मनाउनको लागि कतार गएका छन् । प्रकाशले विवाह गरेको ७ बर्ष पुरा भैसकेको छ । तर उनी पहिलो पटक हनिमुनको लागि श्रीमतीसँग बाहिर गएका हुन् ।
श्रीमानले विवाहको वर्षगाठमा विदेश घुमाउन लैजान लागेपछि एता बिन्दु भने दंग छन् । उनले भनिन्, यो बर्ष मेरो निकै फलदाई बर्ष भयो यो सरप्राइज हो मेरो लागि। प्रकाशले श्रीमतीको लागि बिबाहको ७ बर्ष पछि घर उपहार दिएको बताएका छन।
यस्तै प्रकाशले केहीसमय अघिमात्र काठमाडौँमा करोडौँको घर किनेका छन् । उनले उक्त घर एनिभर्सरीको उपहार स्वरुप बिन्दुलाई दिएका छन् ।