२७ साउन २०७६, काठमाडौँ
आजभोली नायकसँगै नायिकाले पनि महंगो पारिश्रमिक लिन थालेका छन् । केही नायिकाहरुको पारिश्रमिक अहिले चर्चित नायकको भन्दा कम छैन । हुन पनि नायिकाहरुले आफ्नो क्रेज र स्टारडमको आधारमा पारिश्रमिक राम्रो पाउनु नै पर्छ । अहिलेको समयमा सबैभन्दा धेरै पारिश्रमिक लिने नेपाली नायिकाहरु यी हुन्–
१.स्वस्तिमा खड्का
स्वस्तिमा खड्का अहिलेसम्म आफ्नो पारिश्रमिक खुलेर बताएकी छैनन् । तर स्रोत अनुसार उनले एउटा चलचित्रबाट १०–१२ लाख लिने गरेकी छिन् । उनी अहिलेकी सबैभन्दा चर्चित नायिका हुन् । स्वस्तिमाको अभिनयलाई पनि दर्शकले रुचाउने गरेका छन् । त्यसैले निर्माता उनलाई उनको डिमाण्ड अनुसार पारिश्रमिक दिन तयार हुन्छन् ।
२.साम्राज्ञी राज्यलक्ष्मी शाह
साम्राज्ञी सबैभन्दा डिमाण्डेड नायिका मानिन्छिन् । उनले एउटा चलचित्रबाट १५–१६ लाख लिने गरेको स्रोतले बताएको छ ।
३.नम्रता श्रेष्ठ
सुन्दरतासँगै अभिनयमा पनि नम्बर वान मानिन्छिन् नायिका नम्रता श्रेष्ठ । उनी कम तर उत्कृष्ट चलचित्र मात्र गर्ने नायिका हुन् । त्यसैले नम्रताका अधिकांश चलचित्र सफल पनि छन् । उनले पनि एउटा चलचित्रबाट १५ लाखसम्म लिने गरेको बताइन्छ ।
पूजा शर्मा
पूजा शर्माले चलचित्र पोई पर्यो काले मा २० लाख बुझेकी छिन् । अहिले उनको पनि डिमाण्ड निकै हाई छ ।
प्रियंका कार्की
बहुप्रतिभाकी धनी अभिनेत्री प्रियंका कार्की पनि एउटा चलचित्रबाट ९–१० लाखसम्म लिने गर्छिन् । चलचित्रबाहेक उनी म्यूजिक भिडियो र विज्ञापनमा पनि राम्रोसँग जमेकी छिन् ।