२७ साउन २०७६, काठमाडौं
पृथ्वी एउटा ठूलो दुर्घटनाबाट बचेको छ।
पृथ्वीको नजिकैबाट गुज्रिएको एउटा आकाशीय पिण्डसँग ठोक्किनबाट पृथ्वी जोगिएको हो।
वैज्ञानिकहरुका अनुसार उक्त आकाशीय पिण्डसँग पृथ्वी ठोकिएको भए पृथ्वीमा ठूलो दुर्घटना निम्तिन्थ्यो।
यदि उक्त पिण्ड ठोक्किएको भए जापानको हिरोसिमामा खसालिएको बमभन्दा ३० गुणा बढी असर गर्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेको न्यूजवीकले जनाएको छ।
अब यो पिण्ड सन् २०२४ मा फेरि पृथ्वी नजिक आउन सक्ने पनि वैज्ञानिकहरुले उल्लेख गरेका छन्। पिण्ड आइफल टावर भन्दा पनि ठूलो रहेको बताइएको बताइएको छ।
१० हजार ४ सय माइल प्रतिघण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकाशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गुज्रिएको थियो।
पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरी हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो।
सो आकाशीय पिण्डको नाम 2006 QQ23 रहेको वैज्ञानिकहरुले बताएका छन्।
उक्त पिण्डको पहिचान सन् २००६ को अगस्टमा भएको थियो।
सो पिण्ड पृथ्वीमा ठोक्किएको भए आणविक बम भन्दा पनि शक्तिशाली हुने अनुमान वैज्ञानिकहरुले गरेका छन्।
नासाका अनुसार उक्त पिण्ड पृथ्वीमा खसेको भए कम्तीमा १३ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुन्थ्यो। ६ करोड ६० लाख वर्ष अघि आकाशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय भएको र सोही समयमा डाइनोसोरलगायतका जीव लोप भएको मानिन्छ।
…त्यसपछि साधारण अवस्थामा रहेको पृथ्वीले धेरै वैज्ञानिकहरुले सन् २०२९ देखि सन् २०३६ सम्ममा आफ्नो अस्थित्व गुमाउने अनुमान गरेका छन्।
यसबारे धेरै समाचार तथा धेरै भिडियोहरु बनेका छन्। नासाले पनि यो बारेमा केही आफ्ना आधिकारिक धारणा प्रस्तुत गरेको छ।
तर, वर्तमानमा आएर वैज्ञानिकहरुले पृथ्वीको विकल्प खोजेका छन्।
यही क्रममा उनीहरुले जीवनको अस्थित्व भएको एउटा छुट्टै ग्रह पत्ता लगाएका छन्।
उनीहरुका अनुसार उक्त ग्रह सौर्य मण्डलभन्दा बाहिर भेटिएको छ। उक्त ग्रह पृथ्वीभन्दा ३१ प्रकाशवर्ष टाढा रहेको बताइन्छ। यो ‘सुपर–अर्थ’ ग्रहलाई जीजे ३५७–डी नाम दिइएको छ।
यो ग्रहको खोजी नासाको स्याटेलाइटबाट गरिएको थियो।
नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटेलाइटको माध्यमबाट यस वर्षको सुरुमा यो ग्रह खोजिएको थियो।
जीवनको नयाँ आशाः
अमेरिकाको कर्नेल युनिभर्सिटीका असिस्टेन्ट प्रोफेसर तथा इटीएसएस विज्ञान टिमकी सदस्य लिजा कलटेनेगरले पहिलो ‘सुपर–अर्थ’ भेटिनु उत्साहजनक रहेको र जीवनको सम्भावना पनि रहेको बताइएकी छिन्।
यो आकारमा पृथ्वीभन्दा ठूलो छ। यहाँ घना वातावरण देखिएको छ। जीजे ३५७–डी मा यदि जीवनको कुनै संकेत मिलेको खण्डमा जो कोहीलाई पनि यो ग्रहमा पुग्ने चाहना हुन्छ।
नयाँ ग्रहको खोजसँग सम्बन्धीत यो अध्ययन एस्ट्रोफिजिकल जर्नल लेटर्समा प्रकाशित भएको छ ।
वैज्ञानिक लिजा कलटेनेगरले जीजे ३५७–डीको सतहमा हाम्रो धर्तीमा जस्तै पानी तरल रुपमा हुनसक्छ। धर्तीबाट टेलिस्कोपको सहयोगमा यहाँ जीवनको संकेतको पहिचान गर्न सकिन्छ। यसबारेमा जानकारी छिट्टै नै अनलाइनबाट दिइने बताइएको छ।
ट्रान्जिटिङ एक्सोप्लानेट सर्वे स्याटेलाइट (टीइएसएस) एक अन्तरिक्ष टेलिस्कोप हो। यसलाई नासाले खोजीको लागि सन् २०१८ अप्रिल १८ मा प्रक्षेपण गरेको थियो।
तीन ग्रह:
एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स नामक जर्नलमा स्पेनको इन्स्टीच्युट अफ एक्ट्रोफिजिक्स अफ द केनरी आइल्याण्ड तथा युनिभर्सिटी अफ ला लागुनाका खगोलविद्ले जीजे ३५७ प्रणालीको पत्ता लगाएको बताएका छन्।
यसमा कुल तीन ग्रह रहेको र यसमध्ये जीजे ३५७–डी बसोवासका लागि उपयुक्त रहेको पाइएको हो।
पृथ्वीभन्दा २२ प्रतिशत ठूलो:
गत फेब्रुअरीमा टीइएसएस स्याटेलाइटले जीजे ३५७ प्रत्येक ३.९ दिनमा हल्का मन्द हुँदै गएको थियो।
वैज्ञानिकका अनुसार यो ग्रहको वरिपरी कुनै ग्रहले चक्कर लगाइरहेको छ, भन्ने कुराको यो प्रमाण हो। नासाका गोडार्ड स्पेस फ्लाइट सेन्टरका अनुसार यो ग्रह जीजे ३५७ बी हो।
यो पृथ्वीभन्दा करीब २२ प्रतिशत ठूलो छ।
…यो सामग्री अन्तराष्ट्रिय संचारमाध्यम तथा अन्तरिक्षसम्बन्धी सक्रिय विभिन्न संघसंस्थाहरुको सहयोगबाट तयार पारिएको हो।