चर्चित गायक राजेश पायल राई भन्छन्, ‘मलाई कुनै केटीले पत्याएनन्’



२८ साउन २०७६, काठमाडौँ

राजेश पायल राई संगीत जगतमा भर्सटाइल गायकको रुपमा परिचित छन् । उनको आवाज जस्तोसुकै गीतमा पनि फिट हुने खालको छ । त्यसैले उनले हरेक प्रकारका गीतहरु गाउने गर्छन् । राजेश पायल राई अहिलेसम्म सिंगल नै छन् । त्यसैले फ्यानले उनलाई विवाह कहिले गर्ने भन्दै प्रश्न गरिरहेका हुन्छन् ।

यसमा राजेश पायल राईले रमाइलो जवाफ दिएका छन् । राजेश पायल राईले आफूलाई कुनै केटीले नपत्याएको बताएका छन् । राजेश पायलले अब भने आफूलाई विवाह गर्न रहर भएको बताएका छन् ।

कुनै समय नायिका रेखा थापासँग उनको विवाहको चर्चा चलेको थियो । राजेश पायल राईले रेखासँग विवाह गर्न आफूलाई कुनै समस्या नभएको समेत बताएका थिए । तर यो कुरा यत्तिकै सेलाएर गयो । राजेशले अब छिट्टै नै आफ्नो विवाह हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्