आँखाभरि आँशु पार्दै रणवीरले महेशसँग मागे आलियाको हात, २०२० मा बिहे हुने पक्का !



२८ साउन २०७६, काठमाडौँ

रणवीर कपुर र आलिया भट्टको प्रेम अब नयाँ छैन । यी दुईको प्रेमबारे अब धेरैलाई थाहा भैसकेको छ । यस्तै रणवीर र आलियाको विवाहको समाचार आउन पनि घटेको भने छैन । यस्तैमा रणवीर आलियाका पितासँग आलियाको हात माग्न गएको खबर सार्वजनिक भएको  छ ।

भारतीय मिडिया अनुसार रणवीर केहीदिन अघि आलियाको हात माग्न उनको घर पुगेका थिए । उनी अब यो प्रेमलाई विवाहमा बदल्न चाहन्छन् । त्यसैले उनी आलियाको घरसम्म पुगेका छन् । आलियाको हात माग्ने क्रममा रणवीर निकै भावुक भई  आखाँभरि आँशु पारेको कुरा पनि सुन्नमा आएको छ । २०२० मा भने रणवीर र आलियाले विवाह गर्ने पक्का भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्