श्रीमतीलाई नर्सिङ पढाउन ११ बर्ष मलेसियामा घोटिए श्रीमान, तर श्रीमती भने नर्स बनेपछि अर्कैसँग भागिन्



२८ साउन २०७६, काठमाडौँ

विवाह एउटा पवित्र बन्धन हो । एकअर्कासँग मन मिलेपछि केटा केटीले विवाह गर्छन् र एकसाथ बाच्ने कसम खान्छन् । पहिले पहिले विवाहलाई निकै महत्व दिइन्थ्यो । जस्तोसुकै अवस्थामा पनि आफ्नो जीवनसाथीको साथ दिइन्थ्यो । तर पहिलेको जस्तो समय अहिले छैन । अहिलेका मानिसले विवाहलाई एउटा खेलजस्तो सोचेका छन् ।

आजभोली सम्बन्ध छिनभरमै जोडिन्छ र छिनभरमै टुट्छ पनि । विवाह भएको १५ दिन नबित्तै डिभोर्सको लागि अदालत पुग्छन् आजकलका युवायुवती । श्रीमती घरमा हुँदा हुँदै परस्त्रीसँग सम्बन्ध बढाउने, श्रीमान विदेशमा हुँदा अन्य पुरुषसँग सम्बन्ध राख्ने जस्ता घटनाहरु पछिल्लो समयमा बढ्दो क्रममा छन् ।

यस्तै एउटा घटनाले अहिले सामाजिक सञ्जालमा तहल्का नै मच्चाएको छ । राजन गिरी नाम गरेका पुरुषले सामाजिक सञ्जालमा आफ्नो बेथा सुनाएका छन् । उनले अशिक्षित भएपनि आफ्नी श्रीमतीलाई नर्सिङ पढाउनको लागि ११ बर्ष मलेसियामा रगत पसिना बगाउँदै काम गरे । तर श्रीमतीले आफ्नो सपना पुरा भएपछि श्रीमानको सुन सहित पैसा लिएर अर्कैसँग पोइला गएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्