२८ साउन २०७६, काठमाडौँ
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केहीसमय अघि नराम्रोसँग विवादमा परिन् । बालीमा प्रेमीसँग खिचेको बोल्ड फोटोका कारण धेरैले उनको क्यारेक्टरमाथि औला उठाए । त्यसपछि साम्राज्ञीले एउटा स्टाटस लेखेकी थिइन् । तर त्यसका कारण उनी थप समस्यामा परिन् ।
यसैबिच साम्राज्ञीले फोटो काण्डबारे बोलेकी छिन् । उनले उक्त फोटो आफूले सार्वजनिक नगरेको स्पष्ट पारिन् । उनको प्रेमीले पनि उक्त तस्बिर प्राइभेट अकाण्उटबाट हालेको तर अरु कसैले नै तस्बिर सार्वजनिक गरिदिएको बताइन् । उनले तस्बिर सार्वजनिक भएपछि आफूले भन्दापनि आफ्नो प्रेमीले धेरै गाली खाएको देखेर नराम्रो महशुस भएको बताइन् ।
उनलाई धेरैले दर्शकको चित्त दुखाइस् भनिरहेका छन् । साम्राज्ञीले यस कुरामा आफ्नो पनि निकै मन दुखेको बताइन् । दर्शकले आफूलाई पोर्न स्टार को ट्याग दिदाँ निकै चित्त दुखेको बताइन् ।