२८ साउन २०७६, काठमाडौँ
अञ्जु पन्त चर्चित गायिका हुन् । तर उनी संगीत क्षेत्रमा मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । अञ्जुले अहिले आफ्नै नामबाट अञ्जु पन्त फाउण्डेशन खोलेकी छिन् ।
गत शुक्रबार पर्सा जिल्लाको सखुवा पर्सौनी गाँउपालिका महुवनमा रहेको दलित प्राथमिक विद्यालयमा पुगेर त्यहाँ अध्ययनरत २ सय बालबालिकालाई २ लाख ३० हजार रुपैयाँ बराबरको झोला र पोशाक वितरण अञ्जुले जानकारी दिइन्।
दलित समुदायको बाक्लो बस्ती रहेको उक्त गाउँपालिकाको दलित विद्यालयमा हाल २ सय १० विद्यार्थी सङ्ख्या भए पनि नियमित रूपमा २ सय विद्यार्थी विद्यालय आउने गरेकाले त्यति नै सङ्ख्यामा सामाग्री अञ्जुले वितरण गरेकी हुन् । बालिबालिकाको पढाईमा समस्या देखिएपछि अञ्जुले निस्वार्थ भावनाले ती बच्चालाई सहयोग गरेकी हुन् ।