२९ साउन २०७६, काठमाडौँ
पाँचखालमा डेरामा बस्दै आएका ३१ बर्षिया सुनबहादुर लामाले आफ्नै घरबेटीमाथि जबरजस्ती करणी गरेका छन् । सोही आरोपमा उनलाई पक्राउ गर्न खोजिएको थियो । उनी केहीसमय गायब नै भएका थिए तर अहिले भने प्रहरीले सुनबहादुरलाई पक्राउ गरेको छ ।
सुनबहादुरले ३३ बर्षिया घरधनी महिलालाई बारम्बार धम्काएर जबरजस्ती करणी गरेका हुन् । उनले यो कुरा कसैलाई भनेमा ती महिलाको ज्यान नै लिने धम्की समेत दिएका रहेछन् । तर आफ्नो ज्यान नै धरापमा परेपछि ती महिला प्रहरीको शरणमा गएकी हुन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक असार २६ गते जबर्जस्ती करणी गरेका थिए। प्रहरीले सोमबार लामालाई पक्राउ गरेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ।