च्याउ खादाँ आमाको गयो ज्यान, छोरो सिकिस्त



२९ साउन २०७६, काठमाडौँ

जंगली च्याउ खानु स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । हामी सबैलाई च्याउ निकै मनपर्छ । त्यसैले हामी कस्तो च्याउ, कहाँको च्याउ केहीपनि हेर्दैनौँ । तर जंगली च्याउ खादाँ ज्यान नै जान सक्छ ।

च्याउ खादाँ बारकोट गाउँपालिका– ८ की ५० बर्षिया मनमाया कुमाईको ज्यान नै गएको हो । च्याउ खानासाथ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा मृत्यु भएको छ । त्यसका साथै उनका १४ बर्षिया छोराको अवस्था पनि निकै बिग्रिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्