टाइगरलाई फ्यानको यस्तो प्रश्न : ‘के तपाई भर्जिन हो’ ?



२९ साउन २०७६, काठमाडौँ

बलिउड अभिनेता टाइगर श्राफले आफ्नो छवि एक्सन र चकलेटी नायकको रुपमा बनाएका छन् । उनी अहिले एकपछि अर्को चलचित्रमा निकै व्यस्त छन् । चाडैँ नै उनको वार चलचित्र प्रदर्शनमा आउँदै छ ।

टाइगर सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभिनेता हुन् । यस्तै केहीदिन अघि उनले आफ्नो इन्ष्टाग्राममा फ्यानलाई ‘आस्क मि एनिथिङ्ग’ भनेका थिए । टाइगरको फ्यान फलोइङ निकै भएकाले उनका फ्यानहरुले धेरै प्रश्न सोधे र सबै प्रश्नको जवाफ टाइगरले राम्रोसँग दिए ।

तर एक प्रश्नको जवाफ भने टाइगरले दिन सकेनन् । एक फ्यानले उनलाई ‘तपाई भर्जिन हो’ ? भनेर प्रश्न गरेका थिए । टाइगरले उक्त फ्यानलाई ‘ओई लाज नभएको, मलाई मेरो आमाबुबाले पनि फलो गर्नुभएको छ’ भनेर जवाफ दिए । सायद उनले उनको फ्यानले सोधेको प्रश्नको जवाफ दिन चाहेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्