२९ साउन २०७६, काठमाडौँ
आर्यन सिग्देल अहिले चलचित्र हजार जुनीसम्म को प्रमोशनमा व्यस्त छन् । पछिल्लो समयमा आर्यनका चलचित्रले त्यति सफलता नपाइरहेको बेलामा आर्यन हजार जुनीसम्म बाट भने आशातित रहेका छन् ।
आर्यन सिग्देललाई कुनै समयमा नम्बर वान अभिनेता मानिन्थ्यो । अहिले पनि धेरै दर्शकको नजरमा उनी नम्बर वान नै छन् । तर उनको स्टारडम भने केही पक्कै पनि खस्किएको हो । आर्यन आफ्नो चलचित्र असफल भएको कुरा सहजै स्वीकार्छन् पनि । तर उनले आफूलाई नम्बर वान अभिनेता कहिले पनि नमानेको र भविष्यमा पनि नमान्ने बताएका छन् ।
आर्यन आफूलाई एउटा कलाकार भन्न रुचाउँछन् । उनी सबैभन्दा महंगो अभिनेता पनि बन्न चाहदैँनन् । आर्यन आफू अब निरन्तर चलचित्रमा काम गरिरहने बताउँछन् ।