३० साउन २०७६, काठमाडौं
पशुचौपाया गोठमा कराइरहेका छन् । घाँस परालले हाल्ने केही छैन । बस्तीका ३४ घरमध्ये सबैजसो घरमा ताला लागेको छ । यस्तो दृश्य पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ खकरा गाउँको हो ।
कर्मचारी र सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा स्थानीय तालदेवी सामुदायिक वनको एकसयभन्दा बढी हरिया रुख फँडानी भएपछि कारबाहीमा परिने डरले खकराका गाउँले घर छाडेर भागेका हुन् ।
हरिया रुख काटेको ३६ दिनपछि डिभिजन कार्यालयका प्रमुखसहितको टोली निरीक्षणमा पुगेपछि स्थानीय घर छाडेर लुकेका हुन् । यो समाचार कान्तिपुर दैनिकमा नारायण शर्माले लेखेका छन् ।