३१ साउन २०७६, काठमाडौँ
आजभोली प्रियंका चोपडा चलचित्रका कारण भन्दापनि पति निकसँगको सम्बन्धको कारण चर्चा र आलोचनामा आइरहन्छिन् । निकसँग जोडिएका कुराहरुका सामाजिक सञ्जालमा धेरै पटक ट्रोलको शिकार समेत बनेकी प्रियंकाले हालै दिएको एक अन्तवार्तामा निकको अनौठो बानीबारे बताएकी छिन् ।
उनले निक हरेक समय आफूतिर आकर्षित भैरहने बताएकी छिन् । हुन त निक र प्रियंकाको लब म्यारिज भएको हो, त्यसैले निक प्रियंकाप्रति आकर्षित नहुने त कुरै भएन । तर निक बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले प्रियंकाको अनुहार हेर्ने गर्छन् । प्रियंकाको अनुहार नहेरी निकको दिनको सुरुवात नै हुदैँन । प्रियंकाको यो कुरामा धेरैले सकरात्मक प्रतिक्रिया जनाएका छन् भने कतिले मजाक पनि उडाएका छन् ।