नेकपा सचिवालय बैठक बस्दै



३१ साउन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ।

बिहीबार पनि स्थगित गरिएको बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको भएपनि बैठक बिहान ११ बजे नै बस्ने नेकपा श्रोतले जनाएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ओलीको स्वास्थ्यमा समस्या देखिएपछि हिजोको बैठक स्थगित गरिएको थियो।

केही दिनअघि मात्रै सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर फर्किएलगत्तै पार्टी र सरकारको कामको धपेडीले अध्यक्ष ओलीको स्वास्थ्य बिग्रिएको बताइएको छ।

आज बस्ने बैठकमा पार्टीभित्रका विभाग गठनको विषयमा छलफल हुनेछ। नेकपामा मुख्य रुपमा स्कुल विभागमा धेरै नेताहरुको दाबी रहेका कारण सहमति हुन सकिरहेको छैन ।

गत साउन १३ गते यता नेकपा सचिवालय बैठक पटकपटक स्थगित हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्