३१ साउन २०७६, काठमाडौँ
साम्राज्ञी केहीदिन देखि सामाजिक सञ्जालमा चलचित्रका कारण भन्दापनि व्यक्तिगत जीवनका कारण चर्चामा आइरहेकी छिन् । केहीसमय अघिको बालीका फोटोका कारण र त्यसपछि उनले लेखेको स्टाटसको कारण साम्राज्ञी मिडियामा छाएकी थिइन् ।
यस्तै केहीदिन अघि रिलिज भएको रातो टिका निधारको गीत रिलिज कार्यक्रममा साम्राज्ञीको लुक्सले धेरैको ध्यान आकर्षण गरेको थियो । जसका कारण उनी थप चर्चित बनिन् । साम्राज्ञी गीत रिलिज कार्यक्रममा सारीमा पुगेकी थिइन् । हरियो रङको सारीमा साम्राज्ञी निकै राम्री देखिएकी थिइन् ।
उनलाई ‘सारीमा कत्तिको सहज महशुस गर्नुहुन्छ’ ? भनेर प्रश्न गरिएको थियो । जहाँ साम्राज्ञीले सारी लगाउँदा राम्री देखिन्छु, तर असहज महशुस हुन्छ भनेकी थिइन् । उनले सारी लगाउन झन्झट पनि हुने बताएकी छिन् ।