३१ साउन २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पाँच नम्बर प्रदेशसभा प्रमुख सचेतक भुमीश्वर ढकालको घरमा बम प्रहर भएको छ।
रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको घरमा गएराति ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।
ढकाल सुत्ने कोठा, बावाआमा सुत्ने कोठा र ढकालको लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ।
सचेतक ढकाल केही दिनदेखी बिरामी छन्। उनको काठमाडौंस्थित मेडिसिटी अस्पताल उपचारत भइरहेको छ।
घटनालगत्तै प्रहरी त्यहाँ पुगेको बताइएको छ।