मुख्यमन्त्रीद्वारा बम विस्फोट भएको घटनास्थलको अवलोकन



३१ साउन २०७६, काठमाडौँ

प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालको निजी निवासमा गए राति बम विस्फोट भएको छ ।

सचेतक ढकालको रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं ८ रामपुरस्थित निजी निवासमा गएराति करीब २ः३० बजेको समयमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको हो ।

मुख्यमन्त्रीसहितको टोलीले सचेतक ढकालको निजी निवासमा पुगेर स्थलगत निरीक्षण गर्नुका साथै घटनाको सुक्ष्म अध्ययन गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

प्रमुख सचेतक ढकाल बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना भएको बेला घरमा आक्रमण भएको हो ।

बम प्रहारबाट सचेतक ढकालले चढ्ने गरेको लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक रबिनराज मैनालीले जानकारी दिएका छन् ।

मोटरसाइकलमा आएका आक्रमणकारी समूहले ढकालको घरको झ्यालमा समेत बम प्रहार गरेको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनास्थलमा मट्टितेल भरिएका दुई बोतलसमेत फेला परेको बताइएको छ ।

सम्बन्धीत समाचार

नेकपा प्रमुख सचेतकको घरमा बम प्रहार

प्रतिक्रिया दिनुहोस्