३१ साउन २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूलाई ठिक भएको बताएका छन्।
शुक्रबार बिहान उनलाई भेट्न बालुवाटार पुगेका गृह जिल्ला झापाका जनप्रतिनिधि र नेता/कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भएको तर अहिले भने ठिक भएको बताएका हुन्।
’म सिकिस्तै भएको खबर सुनेर आउनु भएको होला। म १५ वर्षअघि बिरामी थिएँ, अहिले होइन। हिजो ९९ डिग्री ज्वरो आएर एकछिन आराम गरेको थिएँ, बाहिर त हाँगासहितको समाचार आएछ। उनले भने।
यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर सोमबार स्वदेश फर्किएका थिए। त्यसपछिको दौडधुपले उनलाई बिहीबार ज्वरो आएको थियो।
प्रधानमन्त्रीलाई ज्वरो आएपछि हिजो नेकपाको सचिवालय बैठक बस्न सकेको थिएन।