३१ साउन २०७६, काठमाडौँ
बहुचर्चित सञ्चारकर्मी रवि लामिछाने केहीसमय देखि तनावमा छन् । शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणमा रवि लामिछानेलाई समावेश गरिएको छ । यसैबिच रवि लामिछानेका डाइहार्ट फ्यानले पाथिभरा माईको मन्दिरमा गएर उनको फोटो चढाएर उनलाई प्रधानमन्त्री बनाइदेउ भनेर बर मागेका छन् ।
हुन त उक्त युवकको मात्र नभएर धेरैको चाहना रविलाई देशको प्रधानमन्त्रीको रुपमा देख्ने रहेको छ । किनकी उनको सम्मान गर्ने दर्शक धेरै रहेका छन् ।
उनले आफू रवि लामिछानेको ठूलो फ्यान भएका कारण रविलाई प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताएका छन् । सूर्य गिरी नामका युवाले फेसबुक पेज मार्फत उक्त फोटोसहितको स्टाटस पोष्ट गर्दै आफुलाई समर्थन गर्न आग्रह गरेका छन् ।