३१ साउन २०७६, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ९९ डिग्री ज्वरो आएकोमा बाहिर अनेकन अफवाह फैलाइएको गुनासो गरेका छन् ।
झापाका जनप्रतिनिधिसँग आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले आफ्नो स्वास्थ्यका विषयमा बाहिर अनर्गल प्रचारबाजी गरिएको गुनासो गरेका हुन् ।
उनले भने ‘म सिकिस्तै भएको खवर सुनेर आउनु भएको होला । म १५ वर्षअघि विरामी थिएँ, अहिले होइन । हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।’’
गत हप्ता सिंगापुरमा आफ्नो शरीरको सम्पूर्ण अंग परीक्षण गरेकाले आफू ठीक भएको उनले जानकारी दिए ।