३१ साउन २०७६, काठमाडौँ
हामी सोच्छौँ बिहान धेरैबेरसम्म सुत्दा अल्छी भइन्छ । आजभोली मानिसहरु यतिधेरै व्यस्त हुन्छन् कि उनीहरु राति समयमा सुत्न पाउदैनन् । जसका कारण बिहान धेरैबेरसम्म सुत्छन् । केहीपनि काम नै नभई राति पनि छिटो सुत्ने र बिहान पनि ढिलो उठ्ने बानी पक्कै पनि नराम्रो हो । तर हामीले स्वस्थ रहनको लागि दिनको ८ घण्टा सुत्नुपर्ने भएकाले राति ढिला सुत्दा बिहान ढिलै उठ्दा पनि खासै फरक पर्दैन ।
अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ । सुतेर २० मिनेट ढिलो उठ्दा तपाईंले ताजा अनुभव त गर्नुहुनेछ नै, स्वास्थ्यमा पनि अनेकौं फाइदा पाउनु हुन्छ । अनि बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्छ । अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्न पाउँदैन ।
हामीले दैनिक सधै सुत्ने भन्दा २० मिनेट बढी सुत्यौँ भने त्यो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । साथै यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ ।