५ महिना अघि नै माताले रविलाई ‘तपाईमाथि मुद्दा मामिला आउने देख्छु’ भनेकी रहिछिन्



३२ साउन २०७६, काठमाडौँ

पछिल्लो समयमा सामाजिक सञ्जालमा सर्वाधिक चर्चा कमाउन सफल माता सबिता शरु आचार्यले रवि लामिछाने पक्राउ परेपछि उनीबारे केही बताएकी छिन् ।

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा समातिएका रविलाई सबिता माताले करिब ५ महिना अघि तपाईमाथि केही मुद्दा मामिला आउन सक्छन् है भनेकी रहिछिन् ।

माताले एक अनलाइन टेलिभिजनमा दिएको अन्तवार्तामा यो कुरा बताएकी छिन् । उनले रविलाई आफूले जे भनेको आज त्यहि भएको बताएकी छिन् । उनले रविलाई आफूले सजग रहन सल्लाह समेत दिएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्