प्रकाशमाथि कुलेन्द्रको प्रहार : ‘खुलेर आफ्नो पहिचान बताउन नसक्नेले भेदभाव भयो भन्दै सडकमा नआए हुन्छ’



०१ भदौ २०७६, काठमाडौँ

कुलेन्द्र विश्वकर्मा लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन् । उनले धेरै सुपरहिट लोकगीत गाइसकेका छन् । पछिल्लो समयमा उनको सालको पातको टपरी गीतले त झन लोकदोहोरी क्षेत्रमा इतिहास नै कायम गरेको छ ।

कुलेन्द्र विश्वकर्मा केहीसमय अघि एक कार्यक्रममा गएका थिए । जहाँ उनले गीतसंगीत बाहेक जातीय भेदभाव विरुद्ध पनि बोल्न भ्याए । हाम्रो समाजमा अहिले पनि जातीय भेदभाव कम भएको छैन । यो कुरा साधारण मानिसमा मात्र नभएर ठूला ठूला कलाकारमा पनि लागू भएको छ । केहीसमय अघि प्रकाश सपूतलाई कामी भनेर एकजनाले नराम्रोसँग गाली गरेका थिए ।

कुलेन्द्र भने आफ्नो पहिचान खुलेर बताउन सक्नुपर्ने बताउँछन् । उनले चर्चा कमाउनको लागि आफ्नो पहिचान लुकाउन जरुरी पनि नभएको बताएका छन् । आफ्नो पहिचान समाजमा खुलेर बताउन नसक्नेले बजारमा भेदभाव भयो भन्दै आउँदा त्यति शोभा नदिने बताए । उनले बोल्दाबोल्दै प्रकाश सपूतको नाम लिएर सपूत कपूत लेखेर अगाडी नबढौँ समेत भन्न भ्याए ।

प्रतिक्रिया दिनुहोस्