०१ भदौ २०७६, काठमाडौँ
रुसको येकातेरिनबर्ग शहरमा बस्ने भिक्टोरिया डेमेस्कीना हेर्दा निकै सुन्दर छिन् । तर यहि सुन्दरता नै उनलाई भारी परेको छ । सेल्फीकी सौखिन भिक्टोरिया विद्यालयमा पढाउँछिन् । सेल्फीकै कारण भिक्टोरियाको जागिर नै गएको छ ।
भिक्टोरियाले सामाजिक सञ्जालमा बोल्ड तस्बिरहरु सेयर गर्ने गरेकी छिन् । जसका कारण बच्चाहरुमा नराम्रो सन्देश जान्छ भनेर विद्यालय प्रशासनले उनलाई जागिरबाट नै निकालिदिएको छ । उनलाई उनले पढाउने विद्यालयमा पढ्ने बच्चाका अभिभावकले नै गुनासो गरेपछि जागिरबाट निकालिएको छ ।