०२ भदौ २०७६, काठमाडौं
आइतबार दिउँसो करिब १ः३० बजेतिर १०० मा फोन गर्दै एक युवाले ‘न्यूरोडबाट मेरो १६ लाख पैसा लुटियो । खोजिदिनुर्पयो’ भन्दै फोन गरेका व्यक्ति स्वयम् पैसासहित रङ्गेहात पक्राउ परेका छन् ।
गोयल एजेन्सीमा कार्यरत मनिसकुमार साहले प्रहरीलाई फोन गरेर न्यूरोडमा मोटरसाइकलमा आएको व्यक्तिले एजेन्सिका लागि उठाएको १६ लाख रुपैयाँ लुटिएको प्रहरीलाई बताएका
थिए ।
बजारबाट उठाएको १६ लाख पचाउनलाई उनले नाटक गरेको प्रहरी अनुसन्धानबाट खुलेको
छ ।