निर्वाचन आयोगद्वारा पञ्चवर्षीय योजना तयार



०२ भदौ २०७६, काठमाडौं

निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तयार पारेको छ।

निर्वाचन आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्यका साथ आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना(२०७६/७७ –२०८०/८१) तयार पारेको हो ।

पञ्चबर्षीय रणनीतिक योजनाका लागि ५ वटा रणनीति र ४० वटा कार्यनीति तय गरिएको छ।

कार्यनीति कार्यान्वयनका लागि ५ बर्षको कार्ययोजनासमेत तयार गरी १ सय ५६ वटा क्रियाकलापहरु पहिचान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्