०३ साउन २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
ओलीले मंगलबार साँझ ५ बजे बालुवाटारमा बैठक बोलाएका हुन्। उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा आमन्त्रण गरेका छन्।
संसदमा हाल नेपाल कम्युनिष्ट पाटी, नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी गरी चार राजनीतिक दल छन्।
लामो समयदेखि दलहरुबीच रहेको संवादहीनताको अवस्थालाई प्रधानमन्त्री ओलीले बोलाएका सर्वदलीय बैठकले अन्त्य गर्ने अपेक्षा गरिएको छ।
यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी(नेकपा) ले पार्टी एकताको लामो समयसम्म पनि एकटालाई टुंगोमा पुर्याउन सकेको थिएन।
तर, एकताका लागि महत्वपूर्ण मानिएको विषयमा नेकपाको सचिवालयले टुंग्याएको केही दिनभित्रै प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन्।