०३ साउन २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेश नं २ का अध्यक्ष प्रभु शाहले राजीनामा दिएका छन्।
शाहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनमा बुझाएका हुन्। स्थायी कमिटीको दाबेदार मानिएका शाह कमिटीमा नपरेपछि असन्तुष्टि थिए। प्रदेश अध्यक्ष बनाइएपछि उनी भूमिकाविहीन थिए।
प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीसँग सरसल्लाह नगरेका उनी निकट नेताहरू बताउँछन् ।