सिंहदरबारभित्रै मृत अवस्थामा भेटिए योजना आयोगमा कार्यरत नासु



०३ साउन २०७६, काठमाडौं

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र एक नासु मृत भेटिएका छन्।

राष्ट्रिय योजनका नासु बच्चुराम केसी मंगलबार बिहान मृत भेटिएका हुन्। केसी किर्तिपुर नगरपालिकाका बासिन्दा भएको प्रहरीले जनाएको छ।

घटनास्थल सिल गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। केसी प्रशासन शाखामा कार्यरत थिए। उनी मृत अवस्थामा भेटिएको स्थानमा केराका बोक्राहरू पनि भेटिएका छन् ।

आत्महत्या गरेको हुनसक्ने आशंका गरिएपनि मृत्युको कारण खुल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्