रविको बारेमा अदालतमा हुँदैछ यस्तो छलफल



०३ भदौ २०७६, काठमाडौँ

चितवन प्रहरीले चितवन जिल्ला अदालतसँग रवि लामिछानेसहित ३ जनाको अनुसन्धान पुरा नभएको भन्दै थप २० दिन हिरासतमा राख्न माग गरेको छ ।

शुक्रबार थुनछेकको बहसपछि अदालतले ५ दिन अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति दिएको थियो । त्यो समय हिजो सकिएको छ । आज प्रहरीले २० दिन हिरासतमा राख्न माग गरेको छ । आज प्रहरीले मागेको समय प्रहरीले हिरासतमा राख्न पाउने अधिकतम समय हो ।

प्रहरीले माग गरेअनुसार २० दिन रविलाई हिरासतमा राख्ने अनुमति पाएमा अर्को पटक अदालत पेश गर्दा अदालतले उनीहरुलाई छाड्ने कि जेल चलान गर्ने आदेश दिनुपर्ने हुन्छ । कानुनी नियम अनुसार पनि प्रहरीले कुनैपनि अभियुक्तलाई २५ दिनभन्दा बढी हिरासतमा राख्न पाउँदैन ।

प्रतिक्रिया दिनुहोस्