ट्रान्सफर्मरको सामान चोरीः ४०० परिवारको खानेपानी आपूर्ति बन्द



०४ भदौ २०७६, काठमाडौं

रामेछापको भीरपानीमा खानेपानी आयोजनाको लिफ्टका लागि जडान गरिएको विद्युत् ट्रन्सफर्मरका समान चारि भएपछि स्थानीयको घरमा खानेपानी आपूर्ति बन्द भएको छ ।

संघीय खानेपाली तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर सीताराम यादवका अनुसार उक्त आयोजनाबाट ४०० परिवारलाई खानेपानी आपूर्ति हुँदै आएको थियो ।

गत राति विद्युत् आपूर्ति भएकै बेला ट्रन्सफर्मरका सामग्री चोरी भएको हो । उक्त ट्रन्सफर्मर झण्डै छ महिनाअघि मात्र खानेपानी आयोजनाअन्तर्गत जडान गरिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्