मुस्ताङमा एकअर्कासँग रोमान्स गर्दै आर्यन र मिरुना, कस्तो देखियो त दुईको केमेष्ट्रि ?



०४ भदौ २०७६, काठमाडौँ

अभिनेता आर्यन सिग्देल यतिबेला चलचित्र च च हुई को छायांकनका लागि मुस्ताङ पुगेका छन् । च च हुई मा उनको जोडी नायिका मिरुना मगरसँग बाधिएको छ । यतिबेला मुस्ताङमा च च हुई को रोमान्टिक गीतको छायांकन भैरहेको छ । जहाँ आर्यन र मिरुना फिचर्ड छन् ।

कमेडी र लबस्टोरी जनरामा तयार भएको चलचित्रमा आर्यन मुख्य भूमिकामा छन् । उनले यो चलचित्रमा पहिलो पटक मिरुनासँग काम गरेका हुन् । यो चलचित्र मंसिर ६ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले अब केहीदिनमा नै चलचित्रको पहिलो गीत सार्वजनिक गर्ने जानकारी दिएकोम छ ।

प्रतिक्रिया दिनुहोस्